२५ मंसिर, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रमा एकैपटक पाँचवटा पसलमा चोरी भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका-४ खनाल चोकका पाँच पसलमा चोरी भएको छ ।
खनाल चोकस्थित ट्रष्टले बनाएको घरको दोस्रो तलामा रहेका ५ वटा पसलका सटर तोडेर करिब २ लाख ७२ हजार २ सय ७० रुपैयाँ बराबरको धनमाल मंगलबार राति चोरी भएको छ । उक्त तलाको मूल ढोकाको ताला फुटाई सोही ठाउँ बस्ने खड्क बहादुर विक समेत ५ जनाले संचालन गरेको सुन पसल, विद्युतीय सामग्री, व्यूटिपार्लर, खाजा घर, सैलुन समेतको ताला फोडेर उक्त रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Discussion about this post