२५ मंसिर, काठमाडौं । जाडोको समयमा बिक्री गर्ने तस्करी गरेर ल्याइएको थर्मोकोट प्रहरीले बरामद गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका-१७ मटेरूवा बस्ने जसिम कुजराको घरबाट अवैध रूपमा भन्सार छली ल्याएको करिब २ लाख रुपैयाँ बराबरको १ सय ४७ सेट थर्मोकोट बुधबार दिउँसो प्रहरीले बरामद गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त घर तलासी गर्दा भन्सार छलि ल्याई स्टक गरी राखेको अवस्थामा जाडोमा लगाउने उक्त थर्मोकोट फेला पारी बरामद गरेको हो ।
बरामद थर्मोकोट आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा पठाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Discussion about this post