बलात्कारको आरोपमा तेस्रो लिंगी पक्राउ

24
SHARES
133
VIEWS

२५ मंसिर, काठमाडौं । युवती बलात्कार गरेको आरोपमा तेस्रो लिंगी सागर केसी उर्फ शारदालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत जनसेवाबाट खटिएको टोलीले सल्यान कुमाखमालिका गाउँपालिका–७ घर भएका हाल काठमाडौं–२८ बागबजार बस्ने २४ बर्षीय शारदालार्ई पक्राउ गरेको हो । दिउँसो केटा र राती केटीको रुप धारण गरेर हिँड्ने शारदाले २६ बर्षीया युवतीलाई बलात्कार गरेको महानगरीय प्रहरी वृत जनसेवाका डिएसपी सुनिलजंग शाहले बताए ।

शारदाले मंसिर १२ मा मध्यराती खुल्लामञ्च नजिकै बलात्कार गरेको आरोप लागेको छ । उनलाई नियन्त्रणमा लिएर प्रहरीले बलात्कार मुद्धामा अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार