२५ मंसिर, काठमाडौं । टर्कीमा शुक्रबार दिउँसो शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको पश्चिमी शहर इजमिरलाई केन्द्र बनाएर गएको भूकम्पको धक्काले कैयौं भवनहरु भत्किएका छन् ।
समाचार संस्था रोयटर्सका अनुसार भूकम्पका कारण अहिलेसम्म ४ जना मानिसको मृत्यु भएको विवरण प्राप्त गरिएको छ । यस्तै, कम्तीमा १ सय २० जना घाइते भएका छन् । भूकम्पका कारण थप मानवीय क्षति भएको हुनसक्ने आकलन गरिएको छ । अमेरिकी जिओलोजिक सर्वेका अनुसार भूकम्पको तीव्रता ७.० रेक्टरस्केल मापन गरिएको छ । भूकम्पले ग्रीस र एथेन्स पनि प्रभावित भएका बीबीसीले उल्लेख गरेको छ ।
टर्कीको विपद प्रबन्ध विभागले राहत तथा उद्दारकर्ताहरुलाई प्रभावित क्षेत्रमा पठाइसकिएको जनाएको छ । भूकम्पले प्रभावित इजमिर टर्कीको तेस्रो ठूलो शहर हो ।
Discussion about this post