काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत कमानसिंह लामाको निधन भएको छ।
कोभिड-१९ संक्रमित उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा गएराति निधन भएको भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
गत मंसिर १० गते उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
उनको निधनप्रति नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले दुःख व्यक्त गरेका छन् ।
Discussion about this post