सुदूरपश्चिममा १२४ कोरोना संक्रमित थपिए

10
SHARES
58
VIEWS

अछाम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ४९३ को नमूना परीक्षण गरिएकोमा १२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सङ्क्रमित हुनेमा अछाम, कैलाली, कञ्चनपुर, बैतडी, बाजुरा र डडेलधुराका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थपिएका संक्रमितसहत सुदूरपश्चिममा हालसम्म कुल सङ्क्रमितको संख्या ११ हजार ९९९ पुगेको छ ।

जसमा ९ हजार ६७६ डिस्चार्ज भएका छन् भने ४२ जनाको मृत्यु भएको छ । हाल सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या २ हजार २८१ रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार