​फुडमाण्डुको डाटा ह्याक गरेको अभियोगमा एक युवक पक्राउ

22
SHARES
124
VIEWS

२४ मंसिर, काठमाडौं । अनलाइनमार्फत खानेकुराहरुको डेलिभरी गर्ने प्लेटफर्म ‘फुडमान्डु’ को डाटा ह्याक गर्ने युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।
फुडमान्डुको डाटा ह्याक गरेको आरोपमा काठमाडौँबाट १९ वर्षीय दिनेश तिवारी पक्राउ परेका ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए । अदालतबाट पक्राउ पुर्जी लिएर तिवारीलाई पक्राउ गरी उनीमाथि थप अनुसन्धान भइरहेको एसएसपी अर्यालले बताए । फुडमान्डुको वेबसाइटमा साइबर आक्रमण हुँदा ५० हजार ग्राहकको व्यक्तिगत विवरण चारी गरेको कम्पनीले जनाएको छ ।
साइबर आक्रमण ह्याकरले केबल ग्राहकको व्यक्तिगत विवरण चोरेको थियो । कम्पनीका अनुसार गतवर्ष भएको साइबर हमलाबाट ह्याकरले ग्राहकहरुको नाम, ठेगाना, इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत विवरणहरुमा अनाधिकृत पहुँच बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार