भारतमा कोरोना भाइरस महामारीको संक्रमणबीच एक जोडीले पीपीइ लगाएर विवाह गरेका छन्।
विवाहकै दिन दुलहीमा कोरोना संक्रमण पुष्टि भएपनि यी जोडीले निर्धारित विवाह कार्यक्रम रोकेनन्।
नवविवाहित जोडीसँगै पण्डित र उपस्थित १ जना व्यक्तिले समेत पीपीइ, फेस सिल्ड र ग्ल्भस लगाएका थिए।
राजस्थानको केलवारा कोभिड सेन्टरमा उनीहरुको विवाह भएको हो।
डिसेम्बर ६ मा एएनआइले उक्त भिडियो ट्वीटरमा सार्वजनिक गरेको थियो।
अहिले संक्रमण पुष्टि भएपनि विवाह गरिरहेको उक्त भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ।













Discussion about this post