अछाम । अछामका एक जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको बान्निगढी जयगढ गाउँपालिका ६ दर्नाका वडा अध्यक्ष कृष्ण बहादुर कडायतलाई कोरोना संक्रमण पुष्टी भएको हाे ।
कमलबजार नगरपालिकाकाे पिसिआर प्रयोगशालामा भएको स्वाब परीक्षणका क्रममा बुधबार उनलाई कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
वडा अध्यक्ष कडायत वडा भिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रुपमा लाग्नुभएको थियो । जनताको सेवामा निरन्तर रुपमा खटिएका उनलाई कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना संक्रमण भएसंगै वडा अध्यक्ष कडायत अहिले होम आईश्वलेसनमा बस्नु भएको छ ।
वडा अध्यक्ष कडायतका अनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
वडा अध्यक्ष कडायतले आफ्नो सम्पर्कमा आएका व्यत्तिहरु लाई सुरक्षित रुपमा बस्न र कोरोना जाच गराई आफू वचन र अरुलाई पनि सुरक्षित राख्न आग्रह गर्नुभएको छ ।
Discussion about this post