अछाममा थप ४६ जनामा कोरोनाको पुष्टि

8
SHARES
44
VIEWS

अछाम । अछामको कमलबजार पीसीआर प्रयोगशालामा आज बुधबार हालसम्मकै बढी ४६ जनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण देखिएको छ । जिल्लाको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ६ जना महिला र ४० जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले जानकारी दिनुभयो ।

कमलबजारमा प्रयोगशाला स्थापना भए पछि बुधबार सबैभन्दा बढी संक्रमित पुष्टि भएको प्रयोगशालाले जनाएको छ । आज सबैभन्दा बढी बान्नीगढी जयगढ गाँउपालिकाका रहेका छन् । बान्नीगढीका ४ महिला र २३ पुरुष गरी २७ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाका सुचना अधिकारी बिष्टले बताउनुभयो ।

यस्तै जिल्लाको कमलबजार नगरपालिकाका १ जना महिला, चौरपाटी गाँउपालिकाका २ जना पुरुष, मंगलसेन नगरपालिकाका १ महिला र ९ जना पुरुष गरि १० जना, मेल्लेख गाँउपालिकाका १ जना पुरुष र साँफेबगर नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै जिल्ला बाहिरका थप ३ जनामा समेत कोरोना पुष्टि भएको छ । बाजुरा जिल्लाको स्वामीकार्तिक गाउँपालिकाका १ जना पुरुष र बुढीगंगा नगरपालिकाका २ जना पुरुषमा समेत कोरोना देखिएको छ ।

कमलबजार पिसिआर प्रयोगशालाले हालसम्म २५ सय ६५ जनाको कोरोना परीक्षण गरेकोमा ३ सय ६६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यस्तै ६४ जनाको पुनः परीक्षणमा २५ जनामा कोरोना दोश्रो पटक पनि पोजेटिभ देखिएको छ । यो संगै अछाममा कोरोना संक्रमितको संख्या १४ सय १ जना पुगेको छ । बुधबार अछाम जिल्लाका मात्रै ४३ जना कोरोना संक्रमित थपिए पछि संक्रमितको कुल संख्या १४ सय १ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या पनि २ सय ३० जना पुगेको छ । मंगलबार १ सय ८७ जना सक्रिय संक्रमित रहेको अछाममा बुधबार ४३ जना थप भए संगै सक्रिय संक्रमितको संख्या २ सय पार भएको हो । ११ सय ६७ जना कोरोना संक्रमित निको भई घर फर्केका अछाममा कोरोनाका कारण ४ जनाको ज्यान गइसकेको जिल्ला स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देब जोशीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार