श्वेता खड्का र विजयेन्द्रको भव्य विवाह, माइती छोड्दा डाको छोडेर रोइन

15
SHARES
86
VIEWS

काठमाडौं । अभिनेत्री श्वेता खड्काले सोमबार विजयेन्द्रसिंह रावतसँग लगनगाँठो कसेकी छन् । दुई परिवारका सदस्य र सीमित निम्तालुबीच उनीहरुको बिहे गोकर्ण फरेस्ट रिसोर्टमा भएको हो ।

श्वेताले आइतबार मात्रै सामाजिक सञ्जालमा बिहेको पुष्टि गर्दै नयाँ जीवन थाल्न लागेको बताएकी थिइन् । सीमित साथी र आफन्तमाझ श्वेता र विजयन्द्र रावतको हिन्दू परम्परा अनुसार विवाह भएको हो । श्वेताका दुलाहा विजयन्द्र सिंह रावत धनगढीबासी हुन् । उनी घरका कान्छा छोरा हुन् ।

उनका आमाबुवासहित एक दाजु छन् । व्यापारिक घरनाका विजयन्द्र र नायिका, निर्माता, उद्यमी र समाजसेवी श्वेताको गएको एक वर्षदेखि प्रेम सम्बन्ध थियो । दुई परिवारको सहमतिमा उनीहरूले विवाह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार