आजभोलि मोजा नलगाई जुत्ता लगाउने चलनले हामीलाई कतिको नराम्रो प्रभाव पारिरहेको छ भन्ने धेरैलाई थाहा छैन । विशेषगरी पुरुषहरुले त्यसरी मोजा नलगाई जुत्ता लगाएर हिँड्ने गरेका छन् फलस्वरुपः खुट्टामा संक्रमण हुने खतरा बढी हुन्छ ।
खुट्टाको उपचार गर्ने विशेषज्ञले पनि यस्तो फेशनको विरोध गरेका छन् ।
१८ देखि २५ वर्षका पुरुषले बिना मोजा र खराब फिटिङ भएको जुत्ता लगाएर हिँड्ने गरेको उनीहरुले बताए ।
यसो गर्दा धेरै रोग लाग्न सक्ने उनीहरुको भनाइ छ ।
त्यसमाथि पनि कतिपय सेलिब्रेटीहरुले नै यसरी मोजा बिना जुत्ता लगाएर टिभीमा देखिने गरेपछि यस फेशनलाई अझ धेरैले अपनाएका छन् ।
आजकलका युवाहरु स्वास्थ्यको ख्याल नगरी त्यस्तै फेशनको पछि लागिरहेका छन् ।
विशेषज्ञका अनुसार एक दिनमा खुट्टाबाट ३०० मिली लिटर पसीना निस्किन्छ ।
यस्तोमा धेरै गर्मी भएका दिन त सामान्य मानिसको खुट्टामा पनि खेलाडीको जस्तै फंगसले संक्रमण गर्न सक्छन् ।
झनै मोजा नलगाउने मानिसमा यस्तो संक्रमण सजिलै फैलन्छ ।
संक्रमणबाट यसरी बच्नुहोस्
१. सकेसम्म कम समयका लागि मात्र बिना मोजा यात्रा गर्ने
२. जुत्ता लगाउनु अघि खुट्टाको तल पसिना नआउने स्प्रे लगाउने
३ यति गर्दागर्दै पनि तपाईको खुट्टामा संक्रमण भयो र दुख्न छाडेन भने तुरुन्तै चिकित्सक कहाँ गइहाल्नुपर्छ ।
Discussion about this post