काठमाडौं । हाल भारतको झारखण्ड र त्यस आसपासको क्षेत्रमा न्युन चापीय प्रणाली कायम रहेको छ ।
हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूको मौसममा आंशिक बदली रहेको छ ।
त्यस्तै देशका बाँकी स्थानहरुको मौसम सामान्यतय सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।
त्यस्तै प्रदेश २ मा आंशिक बदली रहने देखिन्छ । देशका बाँकी स्थानको मौसम सामान्यतया सफा रहने सम्भावना रहेको छ ।
प्रदेश नं १ को पहाडी भू–भागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राती प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।
देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Discussion about this post