खाना मिठो नदिएको भन्दै दुलही नै नलिई फर्के जन्ती, भयो हात हालाहाल

45
SHARES
251
VIEWS

विवाहमा खाना मिठो नदिएको भन्दै दुलही नै नलिई जन्ती फर्किएका छन् ।

दुईदिन अगाडि भारतमा खानाको विषयमा विवाद हुँदा दुलहीनै नदिएपछि जन्ती रित्तै घर फर्किएका हुन् ।

युपीको अलिगढमा भएको विवाहमा खराब खानाको विषयलाई लिएर दुलाहा र दुलहीका बीचमा घमासान झगडा भएको खबर यतिबेला सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

लामो समयसम्म दुई पक्षबीच मेलमिलाप गराउन खोजिए पनि दुबै पक्ष तयार नभएपछि घटना प्रहरीसम्म पुगेको हो ।

मेलमिलाप गराउन खोजेपनि दुबै पक्ष तयार नभएपछि बेहुला पक्षले खानाको एक लाख १२ हजार रुपैंया तिरेर जन्ती फर्किएका हुन् ।

घटना थाना जम्वा इलाको गाउँ समस्तपुर कोटाको भएको हो। बुधवार स्थानीय युवतीसँग बिहेका लागि जन्ती गएका थिए ।

जन्तीको स्वागतपछि मध्यरात भोजन चलिरहेको थियो । त्यसैबेला दुलाहाका भाईले खानामा कमी भएको बताए ।

यो कुरा दुलहीका भाईलाई चित्त बुझेन । पहिले बेहुला र बेहुलीको भाईबीच बहस चल्यो, त्यसपछि दुबै पक्ष हात हालाहालको स्थितिमा उत्रिएका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार