अछाम । जिल्लाको सहायक प्रमखु जिल्ला अधिकारीमा रञ्जन तिमिल्सैना सरुवा भएर आउनु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा कार्यरत तिमिल्सैना अछाम सरुवा भएर आएका हुन् ।
तिमिल्सैना अछाम पुगेसंगै सोमबार जिल्ला प्रशासन कार्यालय अछाममा हाजिर भएका छन् ।
यसअघि स्थानिय तहमा समेत काम गरेको अनुभव संगालेका तिमिल्सैनाले अछामको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका हुन् ।
अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. २ कुईका घर भएका तिमिल्सैना ८ बर्ष अघि सरकारी सेवा प्रबेश गरेका थिए ।
Discussion about this post