अछाममा थप २२ जनामा कोरोनाको संक्रमण पुष्टि

15
SHARES
82
VIEWS

अछाम । अछाममा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा २२ जनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

जिल्लाको कमलबजार पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा ६ महिला र १६ जना पुरुषगरी २२ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालका सुचना अधिकारी टेक बहादुर बिष्टका अनुसार सोमबार संक्रमण देखिनेमा मंगलसेन नगरपालिकाका ५ महिला १३ पुरुष गरी १८ जना, कमलबजार नगरपालिकाका २ जना पुरुष रहेका छन् ।

यस्तै बान्नीगढी जयगढ गाँउपालिकाका १ महिला र तुर्माखाँद गाँउपालिका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको सुचना अधिकारी बिष्टले बताए ।

यो संगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ९२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार