अछाममा थप २९ जनामा कोरोनाको संक्रमण पुष्टि

15
SHARES
86
VIEWS

अछाम । जिल्लामा कोरोना भाईरस कोभिड १९ को संक्रमण दर दिनानुदिन बढ्ने क्रम जारी रहेको छ ।

पछिल्लो केहि दिन यता जिल्लामा संक्रमण दर उच्च रहेको छ ।

जिल्लाको सदरमुकाम रहेको नगरपालिका मंगलसेनमा कोरोनाको संक्रमण बढी देखिन थालेको छ ।

आईतबार जिल्लामा थप २९ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

कमलबजार नगरपालिका अन्तरगत प्राथमिक स्वास्थ्य केन्द्रमा संचालित पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा

१० महिला र १९ पुरुष गरी २९ मा संक्रमण देखिएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए ।

नयाँ संक्रमण देखिनेमा आज पनि बढीजसो मंगलसेन नगरपालिकाका नै रहेको सुचना अधिकारी बिष्टले जानकारी दिए ।

आईतबार मंगलसेन नगरपालिका ४ महिला र ७ पुरुष गरी ११ जना, कमलबजार नगरपालिकाका २ महिला र ७ पुरुष गरी ९ जना

टिकापुर नगरपालिका घर भएका १ जना महिला, पचदेवल बिनायक नगरपालिकाका २ महिला १ पुरुष तथा

तुमाखाँद गाँउपालिकाका १ महिला र २ पुरुष गरी जम्मा २९ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाले जनाएको छ ।

कमलबजार पिसिआर प्रयोगशालमा हालसम्म परिक्षण गरिएका २ हजार ३ सय २ मा २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

दोश्रो पटक जाँच गरिएका ५६ जना मध्ये २३ जनामा समेत पुन कोरोना पोजेटिभ देखिएको प्रयोगशाला द्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

अछाम जिल्लामा कोरोनाबाट संक्रमति हुनेको संख्या १ हजार ३ सय २८ पुगेको छ भने जसमा १ हजार १ सय ५५ जना निको भएर घर फर्किसकेका छन् ।

हालसम्म कोरोनाको संक्रमणबाट जिल्लामा ४ जनाको मृत्यु भईसकेको छ भने १ सय ७० जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार