कंचनपुर । विभिन्न लोप देखाई झुक्याएर भारत तर्फ लग्दै गरेको अवस्थामा भारत संग सिमा जोडिएको कंचनपुरको दोधारा–चाँदनीबाट ४ जना युवतीको उद्धार गरिएको छ ।
माइती नेपाल र नेपाल प्रहरीले संयुक्त टोलिले दोधारा–चाँदनीको हेल्थ पोष्ट नजिकै रहेको एक होटलबाट ४ जना युवतीको उद्धार गरेको हो ।
चारै जना युवतीहरु बिहिवार दोधारा–चाँदनी झेलुङ्गे पुल घुम्न भनी घरबाट निस्केपछि बेखबर रहेका थिए ।
उनिहरु बेखबर भएपछी परिवार पक्षले प्रहरीलाई खबर गरेको थियो ।
चारैजना युवतीहरु बेदकोट नगरपालिका–९ का रहेको प्रहरीले जनाएको छ ।
किशोरीहरुको बयानबाट माहाकाली नगरपालिका –१ बस्ने रमेश गिरी नाम गरेका एक युवकले
सामाजिक सञ्जाल फेसबुक मार्फत भारतमा गएर राम्रो आम्दानी गर्न सकिने र
घर परिवारलाई खुसी राख्न सकिने भन्दै आफुहरुलाई बोलाएको खुलेको छ ।
माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार युवक गिरीले शनिबार सीमा कटाउने
योजना स्वरुप किशोरीहरुलाई बोलाएर दोधारा–चाँदनीको हेल्थ पोस्ट नजिकैको एक होटलमा बसाएको बताईन ।
उनले भनिन; ‘माइती नेपाल र नेपाल प्रहरीले उद्धार गरेर ती किशोरीहरुलाई सकुसल परिवारको जिम्मा लगाएका छौं ।’
युवतीहरु बेखबरको खबर प्रहरी संग पुगेपछि माइती नेपाल र नेपाल प्रहरीले तिब्र खोजीकार्य गरेको थियो ।
फलतः शुक्रवार उनीहरुलाई उद्धारपछि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।
ती युवक गिरि अहिले सम्पर्कमा नरहेको र खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ । धनगढी खबरबाट
Discussion about this post