बिहान खाली पेटमा यस्तो पानी पिएर त हेर्नुहोस्, आफै देख्नुहुनेछ चमत्कार!

77
SHARES
425
VIEWS

काठमाडौँ । मोटोपनाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन् । शरीर मोटो हुँदा विभिन्न रोगको समेत शिकार हुनुपर्ने अवस्था आउने गरेको छ।

पेट तथा शरीरको वजन बढेका कारण केही काम गर्न समेत मुस्किल पर्छ भने मन परेका कपडा लगाउन समेत समस्या पर्छ ।

मोटोपना घटाउन तपाई व्यायाम गर्न समेत अल्छिमान्नु हुन्छ वा तपाईंलाई समय अभाव छ भने यी उपाय अपनाएर समेत मोटोपना घटाउन सकिन्छ ।
तर, यो सँगै व्यायाम गर्नु हुन्छ भने यी उपाय थप प्रभावकारी हुनेछन् ।

यसरी घटाउन सकिन्छ मोटोपना
दैनिक बेलुका एक चम्चा जिरा सफा पानीमा भिजाउनुहोस् ।

बिहान उठेर खाली पेटमा यो जिरालाई मज्जालाई चपाएर निल्नुहोस् र बचेको पानीलाई चियाजस्तै तातो बनाएर त्यसमा आधा कागती निचोर्नुहोस् र एक चम्चा मह मिसाएर पिउनुहोस् ।

जिराले हाम्रो शरिरभित्र रहेको बोसोलाई शरिरमा अवशोषित हुन दिँदैन ।

तातो पानी र कागतीले शरिरमा जमेको बोसोलाई काट्ने गर्दछ ।

त्यसैले गर्दा मोटोपनको लागि यो तरिका निकै चमत्कारीक हुने गर्दछ ।

यदि तपाईंले यो निकै सजिलो घरेलु तरिका अपनाउने सोच्नुभएको छ भने बिहान नास्ता गर्न छोड्नुहोस् किनभने बिहान ‘हेभी ब्रेकफास्ट’ खाँदा तपाईंले चाहनुभएको नतिजा पाउन सक्नुहुन्न ।

बिहान यो पानी पिउनुहोस् र दिउँसो मात्र खाना खानुहोस् ।

खाना खानुभन्दा अघि एक प्लेट सलाद खानुहोस् । खानामा हरियो तरकारीको प्रयोग बढि गर्नुहोस् ।

राती सुत्नुभन्दा दुई तीन घण्टा अगाडि खाना खानुहोस् ।

दिउँसो र राती खाना खाएको केही क्षण पछि नै एक ग्लास तातो पानीमा आधा कागती निचोरेर पिउनुहोस् ।

खाना खाँदा चिसो पानी नपिउनुहोस् । मैदाले बनेको खानेकुराहरु खादै नखानुहोस् ।

गुलियो र चीनि मोटोपनाको लागि निकै घातक हुन्छ । फलफूलको जुस पिउनुको साटो फलफूल नै खानुहोस् ।

यसले शरिरलाई फाइबर प्रदान गर्छ भने छिटो भोक पनि लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार