देशभर यस्तो रहनेछ आज दिनभरको मौसम

32
SHARES
176
VIEWS

काठमाडौं । हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्युन चापीय प्रणालीको विकास भएको छ ।

हाल देशका पहाडी भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

देशका बाँकी स्थानहरुको मौसम सामान्यतय सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ ।

देशका बाँकी स्थानहरुको मौसममा आंशिक बदली हुनेछ ।

त्यस्तै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती पहाडी भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

देशका बाँकी स्थानहरुको मौसममा आंशिक बदली रहनेछ ।

प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार