ओली सरकारविरुद्ध देशभर आन्दोलन गर्ने कांग्रेसको निर्णय

35
SHARES
193
VIEWS

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध मंसिर २९ गते देशभर आन्दोलन गर्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

कांग्रेसका उपसभापति विमलेन्द्र निधिका अनुसार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार, सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार र सरकारको दमन नीतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

पौडेलले तनहुँमा पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पक्राउ गरेपछि देउवाले आकस्मिक बैठक बोलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार