अछाम । अछाममा एकैदिन ठुलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कमलबजारमा पीसीआर प्रयोगशाला स्थापना गरेपछि जिल्लामा आज सबैभन्दा बढी ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कमलबजारमा पिसिआर परिक्षण प्रयोगशाला स्थापना भएपश्चात यो सबैभन्दा बढी संख्या भएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।
कमलबजार पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लाका विभिन्न स्थानिय तहका ३४ पुरुष र ७ महिला गरी ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनु भयो ।
शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगाना, सूचना अधिकारी देब जोशी, मंगलसैन नगरपालिकाका सिनियर अहेब चन्द्रप्रसाद ढुंगाना,
पञ्चदेवल बिनायक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मिकान्त बजगाँई र बान्नीगढी जयगढ गाँउपालिकाका स्वास्थ्य शाखा संयोजक बसन्त रावललाई कोरोना संक्रमण भएको
कमलबजार पिसिआर प्रयोगशालाका सुचना अधिकारी बिष्टले बताउनु भयो ।
शुक्रबार मंगलसैन नगरपालिकाका २० जना कर्मचारीलाई समेत कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सुरुवातदेखि नै अग्रमोर्चामा खटिएर लागिरहेका
स्वास्थ्यकर्मी लगायत कर्मचारीलाई कोरोना देखिएपछि स्थानीय त्रसित बनेका छन् ।
यो संगै अछाममा कोरोना संक्रमितको संख्या १२ सय ८३ पुगेको छ ।
११ सय ५५ जना निको भई घर फर्केका अछाममा कोरोना संक्रमणबाट ४ जनाको ज्यान गैसकेको छ ।
Discussion about this post