रुसमा १ लाख बढीलाई कोरोनाविरुद्धको खोप दिइयो

43
SHARES
240
VIEWS

काठमाडौं । रुसमा एक लाख भन्दा धेरै नागरिकलाई कोरोनाविरुद्धको खोप दिइएको छ ।

रुसले गएको अगष्टमा निर्माण गरेको कोरोनाविरुद्धको खोप स्पुतनिक–भी एक लाख बढीले लगाएका हुन् ।

अगष्ट ११ मानै रुसले खोप प्रयोगमा ल्याएको बताइएको थियो ।

खोप प्रभावकारी भएको भन्दै प्रयोगमा ल्याएको हो ।

कोरोनाविरुद्ध खोप लगाउने रुस विश्वको पहिलो देश भएको बताइएको छ ।

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले आफ्नो देशका नागरिकलाई खोप लगाएको बारेमा भिडियो पनि बनाएको र त्यसको लिंक पनि संयुक्त राष्ट्रसंघलाई दिइएको विभिन्न संचारमाध्यमले जनाएका छन् ।

गएको महिना मात्र खोपको प्रभावकारिताको बारेमा अनुसन्धान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार