कसरी ल्याइँदै छ नेपालका कोरोना विरुद्धको खोप ?

51
SHARES
284
VIEWS

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयले कोरोना विरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो ।

द्रुतकार्य योजनाको लागि आठ वटा समिति गठन गरिएको छ ।

सरकारले खोप अभियान नै सञ्चालन गर्नेछ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार समितिले खोप आयात, भण्डारणदेखि वितरणलगायतका प्रक्रियाका कामलाई अघि बढाएको छ ।

उनले भने, ‘खोप व्यवस्थापन कसरी गर्ने ? जनचेतनादेखि तालिमलगायतका काम भइरहेका छन् ।

हामीसँग भण्डारण गर्न मिल्ने खोप प्राथमिकतामा पर्छ । हाम्रो जोड जतिसक्यो अनुदानमा खोप ल्याउने हो ।

त्यसका लागि कूटनीतिक प्रयास भइरहेको छ ।’

खोप आयातमा सहजताका लागि औषधि अध्यादेशसमेत जारी भइरहेको छ ।

नेपालले कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने योजना बनाएको छ ।

जसमा कोभ्याक्स फ्यासिलिटीमार्फत २० प्रतिशतलाई प्राथमिकताका आधारमा निशुल्क खोप लगाइनेछ ।

विश्वका गरीब राष्ट्रलाई खोपको समान पहुँच हुनुपर्छ भनेर विश्व स्वास्थ्य संगठन, युनिसेफ, विश्व बैंक र गाभी सम्मिलित गठबन्धन बनेकाले यसलाई कोभ्याक्स नामाकरण गरिएको हो ।

खोप खरिद प्रक्रियाका लागि बजेटको जोहो गर्ने काम भइरहेको छ ।

विश्वका विभिन्न देशमा एक सयभन्दा बढी खोपबारे अनुसन्धान भइरहेको छ ।

तीमध्ये एघार वटा खोपबारे तेस्रो चरण (थर्ड फेज) मा अनुसन्धान भइरहेको छ

भने उत्पादक कम्पनीले तीन वटा खोप प्रभावकारिता ९० चन्दा माथि रहेको दावी गरेका छन् । राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार