यस्तो छ आजको पञ्चांग , शुभ साइत र लाभादि समय

33
SHARES
182
VIEWS

आजको पञ्चांग : आज मिति २०७७ मंसिर १९ गते शुक्रबार, इस्वीसंवत डिसेम्वर ४ तारिक सन् २०२०, श्रीशाके १९४२,
नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सर:, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ ।
चान्द्रमान अनुसार मार्गशीर्ष कृष्णपक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज मार्गशीर्षकृष्णपक्षको चतुर्थी तिथि रहनेछ ।
आज पुनर्वसु नक्षत्र, विष्कुम्भादि योगमा शुक्ल, करणमा कौलव, आनन्दादि योगमा लुम्व रहनेछ ।

सूर्य वृश्चिक राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान २६ घटि ४ पला अर्थात १० घण्टा ३० मिनेटको रहनेछ ।
आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ४० मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ६ मिनेटमा हुनेछ ।

आजको शुभ लाभादि बेला
बिहान ६:३७ बजेदेखि ७:५६ बजेसम्म चर बेला
बिहान ७:५६ बजेदेखि ९:१५ बजेसम्म लाभ बेला
बिहान ९:१५ बजेदेखि १०:३४ बजेसम्म अमृत बेला
बिहान १०:३४ बजेदेखि ११:५३ बजेसम्म काल बेला
बिहान ११:५३ बजेदेखि १:११ बजेसम्म शुभ बेला
दिनमा १:११ बजेदेखि २:३० बजेसम्म रोग बेला
दिउँसो २:३० बजेदेखि ३:४९ बजेसम्म उद्धेग बेला
दिउँसो ३:४९ बजेदेखि ५:०८ बजेसम्म चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ ।
त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा १०:३० देखि १२:०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन । सगरमाथा टिभीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार