को हुन् यि व्यक्ति ! जाे चप्पल चोरेरै लखपति बने

46
SHARES
256
VIEWS

भनिन्छ अरुको चोर्ने वा अरुले गरेको आँखा लाग्नेलाई राम्रो हुँदैन् । तर एक चोर गबजले लखपति भएका छन् ।

उनी मानिसहरुको घरभित्र छिरेर या बगली मारेर लखपती बनेका होइनन् । बरु चप्पल चोरे लखपती बनेका हुन् ।

माटुंगा प्रहरी कार्यालयमा एक चोरले पछिल्लो २ वर्षबाट लगभग ४० लाख रुपैयाँको चप्पल चोरेको बताएका छन् ।

मुम्बईको माटुंगा प्रहरीले इब्राहिम शेख नामका एक व्यक्तिलाई पक्राउ गर्यो । एक चोरीको आरोपमा उसलाई गिरफ्तार गरेको थियो तर उसले १५ चोरीका आरोप स्विकार गरे ।

उनले स्विकार गरेका १५ चोरीका आरोप मध्ये एक थियो ४० लाखको चप्पल चोरी ।

इब्राहिम शेखले दैनिक ८ देखि १० जोडी चप्पल चोर्ने गर्थे र दक्षिण मुम्बईको नलबाजारमा बेच्ने गर्थे ।

३ वर्ष अगाडी माटुंगामा एक घटना भएको थियो । घटनामा आरोपित इब्राहिम शेखको अनुहार सीसिटीवीमा कैद भएको थियो ।

३ वर्ष पछि मात्र प्रहरीले उनलाई समात्न सफल भएको हो ।

चोरी गर्नू अगाडी उनले सिनेमा घर बाहिर ब्लैकमा फिल्मको टिकट बेच्ने गर्थे प्रहरीकै कारण त्यो पेशा छाडेर चोरीमा लागेका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार