अछाम घर भएका पूर्वगृहमन्त्री स्वाँरकाे निधन

109
SHARES
604
VIEWS

अछाम । पूर्व गृहमन्त्री नयनबहादुर स्वाँरको निधन भएको छ।

२०३८ सालमा सूर्यबहादुर थापाको नेतृत्वमा निर्वाचित मन्त्रीमण्डलमा गृहमन्त्री रहेका स्वाँरको ९३ वर्षको उमेरमा बिहीबार काठमाडौंमा निधन भएको हो।

वि.स १९८४ सालको भदौँमा अछामको रिडिकोटमा जन्मिएका स्वाँर २०३७ सालमा कानुन तथा न्यायमन्त्री तथा २०३८ को असारमा गृहमन्त्री भएका थिए
पञ्चायत कालको अन्तिम मन्त्रिमण्डल २०४६ मा समेत थापा केही समय गृहमन्त्री भएका थिए।

उनी २०२४, २०२९, २०३६ र २०३८ सालमा गरी ४ पटक राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए।

यस्तै २०२५ असोजमा भूमिसुधार राज्यमन्त्री नियुक्त भएका स्वाँर २०३० साउनदेखि २०३२ मंसिरसम्म राष्ट्रिय पञ्चायतको अध्यक्ष थिए।

२०४६ सालपछि केही वर्ष सक्रिय राप्रपाको सक्रिय राजनिति समेत उनले गरेका थिए।

स्वाँर २०१६ सालमा नेपाल राष्ट्रवादी गोरखा परिषद्को तर्फबाट संसदको माथिल्लो सदन (महासभा) को सदस्यमा निर्वाचित भएका थिए। स्वाँरका श्रीमती, २ छोरा र २ छोरी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार