२९ औं अन्तरा्ट्रिय अपाङ्गता दिवस अछाममा पनि मनाइयो

10
SHARES
57
VIEWS

अछाम । २९ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मंगलसेनमा एक कार्यक्रमको आयोजना गरिएको छ ।

कोभिड १९ पश्चात्को उत्कृष्ट पुनरागमनको सुनिश्चितता, अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिबद्धता’ भन्ननेमुल नाराका साथ २९ औं अन्तरा्ट्रिय अपाङ्गता दिवस मंगलसेनमा सकिएको हाे ।

नगर स्तरीय अपाङ्ग समितिले अपाङ्गता दिवसको अवसर पारी चियापान सँगै सुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

नगर स्तरीय अपाङ्ग समन्वय समितिका अध्यक्ष रुद्र बहादुर विकको अध्यक्षतामा सुरु भएको कार्यक्रम का प्रमुख अथिति मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा रहनु भएकाे थीयाे ।

फरक फरक क्षमता भयाका अपाङ्ग व्यक्तिहरूलाई सधैं साथ सहयोग रहेको र अझै पनि उनीहरूको क्षमता लाई मध्यनजर गर्दै अगाडि बढ्न प्रेरित गर्ने प्रमुख अतिथि बोहोराले प्रतिवद्धता जनाए।

कार्यक्रममा विशिष्ट अथिति मंगलसेन नगरपालिकाका नगर उपप्रमुख सरिता उपाध्यय लगायत नगर स्तरीय अपाङ्ग समन्वय समितिका सम्पूर्ण पदाधिकारीको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार