काठमाडौं नायिका तथा व्यवसायी स्वेता खड्का वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । उनले यही मसिंर २२ गते बिहे गर्न लागेकी हुन् ।
स्वेताको बिहेको कार्ड आफन्त र नजिकका साथीभाइलाई समेत दिइएको छ ।
उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग बिहे गर्न लागेकी हुन् ।
विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ ।
यी दुईले गोकर्ण फरेस्ट रिसोर्टमा बिहे गर्न लागेका हुन् ।
‘कहाँ भेटिएला’ नामक फिल्मबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी स्वेताले पछिल्लो समय ‘कान्छी’ निर्माण गरेकी थिइन् ।
यसअघि स्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि।सं। २०७३ सालमा बिहे गरेकी थिइन् ।
बिहे गरेको एक महिनापछि श्रीकृष्णको निमोनियाका कारण उपचारका क्रममा निधन भएको थियो ।
Discussion about this post