धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको बिरोधमा अत्तरियामा चक्काजाम गरिएको छ ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्बर–४ ले नेता पौडेललाई
प्रहरीले प्रक्राउ गरेको बिरोधमा अत्तरियामा आधा घण्टा चक्काजाम गरेको हो।
नेविसंघका नेता तथा कांग्रेसका नेता कार्यकता सहभागिता रहेको चक्काजामपछि आयोजित कोणसभामा बोल्ने वक्ताहरुले सरकारले नेता पौडेललाई पक्राउ गरेकोमा चर्को बिरोध जनाएका थिए ।
बुधबार निषेधाज्ञा तोडेको आरोपमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेर तीन घन्टा हिरासतमा राखेर छाडेको थियो।
Discussion about this post