यस्तो छ आजको पञ्चांग , शुभ साइत र लाभादि समय

37
SHARES
208
VIEWS

आजको पञ्चांग : आज मिति २०७७ मंसिर १८ गते बिहीबार, इस्वीसंवत डिसेम्वर ३ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्ष कृष्णपक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज मार्गशीर्षकृष्णपक्षको तृतीया तिथि रहनेछ । आज आद्रा नक्षत्र, विष्कुम्भादि योगमा शुक्ल, करणमा बब, आनन्दादि योगमा काण रहनेछ ।

सूर्य वृश्चिक राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान २६ घटि ६ पला अर्थात १० घण्टा ३० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ३९ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ६ मिनेटमा हुनेछ ।

साइत: आज चन्द्रमा मिथुन राशिमा छन् त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला
बिहान ६ः३७ बजेदेखि ७ः५६ बजेसम्म शुभ बेला
बिहान ७ः५६ बजेदेखि ९ः१५ बजेसम्म रोग बेला
बिहान ९ः१५ बजेदेखि १०ः३४ बजेसम्म उद्धेग बेला
बिहान १०ः३४ बजेदेखि ११ः५३ बजेसम्म चर बेला
बिहान ११ः५३ बजेदेखि १ः११ बजेसम्म लाभ बेला
दिनमा १ः११ बजेदेखि २ः३० बजेसम्म अमृत बेला
दिउँसो २ः३० बजेदेखि ३ः४९ बजेसम्म काल बेला
दिउँसो ३ः४९ बजेदेखि ५ः०८ बजेसम्म शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय: दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार