राजधानीमा मात्रै प्रभावकारी स्वास्थ्य सेवा भएर पुग्दैनः राष्ट्रिय सभा सदस्य कुवर

29
SHARES
161
VIEWS

अछाम । राष्ट्रिय सभा सदस्य शेर बहादुर कुवरले राजधानीमा मात्रै प्रभावकारी स्वास्थ्य सेवा भएर नपुग्ने बताउनुभएको छ । बिश्वभर महामारीको रूपमा फैलिएको कोभिडले यसबारे राम्रै पाठ सिकाएको बताउनुभयो ।

जिल्ला अस्पताल अछामको ५० शैया स्तरोन्नति औपचारिक घोषण तथा भेन्टिलेटर सेवा उदघाटन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै राष्ट्रिय सभा सदस्य कुवरले नेपाल सरकारले लिएको लक्षअनुरूप स्वास्थ्य अव५० स्था सुधार गर्न देशमा स्वास्थ क्षेत्रको लागि विकास गर्न जुटिरहेको राष्ट्रिय सभा सदस्य कुवरको भनाइ छ ।

जिल्ला अस्पताल अछामको विकासका लागि अछामका जनप्रतिनिधिहरू अवरात्र खटिएकाले आज यो परिणाम प्राप्त भएकाले अब यसको ब्यवस्थापनमा जुट्नुपर्नेमा जोड दिनुभएको छ । जिल्लाको स्वास्थ अवस्था गुणस्तरीय नहुदा जनताले महंगो उपचार गर्नुपर्ने बाध्यता रहेको भन्दै अब त्यो समस्या क्रमिक रूपमा हटेर जाने बताउनुभयो ।

दरबन्दी अनुसारको चिकित्सक नहुनुको परिणाम एन कानुनबलियो नहुनुको परिणाम भएकाले कानुन प्रभावकारी तरिकाले कार्यनयनका लागि आफु लागि रहेको समेत बताउनुभएको छ ।

अहिले पनि थुप्रै चुनौती रहेकाले चुनौतीका बाबजुद पनि डटेर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रममा बिशिस्ट अतिथिको आशनबाट बोल्दै अछाम क्षेत्र न २ बाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटीले
जिल्लाको स्वास्थ अवस्थाको बिषयमा आफु गम्भीर भएकाले स्वास्थ्य क्षेत्रको विकासका लागि आफु अवरात्र खटिरहेको बताउनुभएको छ ।

आफुले पटकपटक स्वास्थ्य मन्त्रालयमा दरबन्दी अनुसारको चिकित्सकको ब्यवस्था गर्न अनुरोध गर्दापनि सुनुवाइ नभएकोमा दुख्ख ब्यक्त गर्दै आफुले निरन्तर सम्बन्धित निकायलाई दाबब दिई रहेकाले जिल्ला अस्पताल अछाममा दरबन्दी अनुसारको चिकित्सक चाडै आउने विश्वास दिलाउनु भएको छ ।

विकास निर्माणका सवालमा सबै दलहरू एकहुन समेत अनुरोध गर्नुभएको छ । यस्ता साझा सवालमा सबैको साथ र सहयोग हुनुपर्नेमा जोडदिनुभएको छ। जिल्ला अस्पताल लगायत क्षेत्र न २ को समग्र स्वास्थ्य क्षेत्रको विकासका लागि सधै प्रतिबद्ध भएर लागिरहने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बल बहादुर सोडारीले जिल्लाको समग्र स्वास्थ्य अवस्थामा सुधार ल्याउन जनप्रतिनिधिहरू एक्यवद्ध भएर अघिबढेकाले अब स्वास्थ्य अवस्था सुधार हुदै जाने बताउनुभयो ।

अब यसको विकासका लागि सबै सरोकारवाला हातेमालो गरेर अघिबढ्नुपर्ने उहाको भनाइ छ । कार्यक्रममा जिल्लाका सरोकारवालाको सहभागीता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार