जिल्ला अस्पताल अछामलाई ५० बेडको अस्पतालको रूपमा विकास गरिने

27
SHARES
148
VIEWS

अछाम । जिल्ला अस्पताल अछामलाई ५० बेडको अस्पतालको रूपमा विकास गरिने भएको छ । नेपाल सरकारले लिएको स्वास्थ नेपाली, समृद्ध नेपालको निति अनुरूप जिल्ला अस्पताल अछामलाई ५० शैयाको अस्पतालको रूपमा विकास गरिने भएको हो ।

अाज एक कार्यक्रमको अायोजनागरि जिल्ला अस्पताल अछाम ५० शैया स्तरोन्नति सम्बन्धि घोषण कार्यक्रममा जानकारी गराईएको थियोे । सोही अवसरमा जिल्ला अस्पताल अछाममा ल्याईएका दुइवटा भ्यान्टिलेटरको समेत उदघाटन गरिएको छ ।

भ्यान्टिलेटर सहितको सेवा उपलब्ध हुनेभएपछि अछामी जनताका लागि निकै सहज हुने जिल्ला स्वास्थ्य कार्यालय अछामका बरिस्ठ जनस्वास्थ्य अधिकृत झजन राज ढुंगानाले जानकारी दिनुभएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रभुनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय, पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझी , नेकपाका चन्द्र बहादुर बोहरा, मंगलसेन नगरपालिका वडा न ६ का अध्यक्ष जनकराज भण्डारी , पत्रकार महासंघका टेक बहादुर थापा, राष्ट्रिय स्वास्थ्यकर्मि संघ, नेपालका केन्द्रीय सदस्य शिद्व प्रसाद ढुंगाना लगायतले मन्तव्य राख्दै नितिगत रूपमा घोषण गरेर मात्रै नहुने भएकाले अब यसको अन्य ब्यवस्थापनमा समेत पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

जिल्लाका स्वास्थ्य क्षेत्रमा अहिले पनि थुर्पै समस्या रहेकाले यी समस्याहरू समाधान गर्न जनप्रतिनिधि तथा सरोकारवाला जुट्नुपर्नेमा जोड दिएका थिए । हाम्रा स्वास्थ संस्था गरिबहरूका उपचार गर्ने स्वास्थ्य संस्था मात्रै भएकाले अब धनिहरूको पनि उपचार गर्ने स्वास्थ्य संस्था बन्नुपर्ने माग गरेका थिए ।

उदघाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी अछामका मन्त्री धुर्ब शाही , गैसस महासंघका बिमला शाही , स्वास्थ्यकर्मी लगायत जिल्लाका सरोकारवालाको सहभागीता रहेको थियोे ।

जनस्वास्थ्य निरिक्षक महेश चन्दको स्वागत मन्तव्य बाट सुरूभएको उदघाटन कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरिक्षक झपट राज ढुंगानाले गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार