अछाममा थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ सय नाघ्यो

14
SHARES
75
VIEWS

अछाम । अछाममा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा २४ जनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जिल्लाको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा २४ जनामा संक्रमण देखिएको प्रयोगशालका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।

नयाँ संक्रमण देखिनेमा जिल्लाको मंगलसैन नगरपालिकाका १२ जना पुरुष र ४ जना महिला गरि १६ जना, कमलबजार नगरपालिका २ जना पुरुष र बाजुराको बुढिगंगा नगरपालिकाका ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कमलबजार प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६८ जनाको स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय अछाममा कोरोना संक्रमण फैलिँदो क्रममा रहेको छ । नगरपालिकाका प्रमुख, बैंक तथा जीवन विमा कम्पनीका कर्मचरी, शिक्षक, नगरपालिकाका कर्मचारी लगायतमा कोरोना संक्रमण देखिएको छ । मंगलबार मंगलसैन नगरपालिकाका ३ जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै अछाममा कोरोना संक्रमितको संख्या १२ सय नाघेको छ । अब जिल्लामा कोरोना संक्रमितको संख्या १२ सय २ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । ११ सय ५५ जना निको भई घर फर्किसकेका छन् भने सक्रिय संक्रमितको संख्या ४९ जना रहेकोे छ । कोरोना भाईरसका कारण जिल्लाका ४ जनाको ज्यान समेत गैसकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार