अत्याधिक रक्तश्रावका कारण अछाममा सुत्केरी महिलाको मृत्यु

25
SHARES
141
VIEWS

अछाम । अछाम जिल्लामा अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान गएको छ ।

सोमबार राति जिल्ला अस्पतालमा तुर्माखाँद गाउपालीका वडा नम्बर ४ का ३८ बर्षिया नामसरा कामीको ज्यान गएको जिल्ला अस्पताल अछामका निमित्त प्रमुख डाक्टर अतुल भारद्धाजले जानकारी दिनु भयो ।

सोमबार मध्यान्ह १२ बजे नै सुत्केरी बेथा लागेर रक्तश्राव हुन थालेपछी स्थानिय स्वास्थ्य संस्थामा सुत्केरी हुन सम्भव नभएपछी बेलुका ४/५ बजे मात्रै जिल्ला अस्पतालमा जानकारी आएपछी करिब साढे ४ घण्टापछी मात्रै जिल्ला अस्पतालमा पुरयाईएको डाक्टर भारद्धाजले बताउनु भयो ।

छैटौँ बच्चाको आमा बन्न लागेकी नामसरालाई अस्पताल पुरयाईसकेपछी रक्तश्राव हुदा हुदै रगतको निकै अभाब हुदा रगतको ब्याबस्थान गर्दा गर्दै सुत्केरी महिलाको ज्यान बचाउन नसकीएको उहाँले बताउनु भयो ।

नामसराको पेटको बच्चा नै पहीले मुत्यु भईसकेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार