विश्व एड्स दिवस मनाइँदै

12
SHARES
67
VIEWS

काठमाडौं– आज ३३ औँ विश्व एड्स दिवस ।

एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्दता तथा साझा जिम्मेवारी भन्ने नाराका साथ विश्वभर एड्स दिवस मनाइँदै छ ।

नेपालमा २९ हजार ५०३ जना एचआईभी संक्रमित रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथांक छ ।

जसमध्ये ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिला छन् । बालबालिका र वयस्कको संख्या १९ हजार ४१० छ ।

नेपालमा प्रतिवर्ष जोखिमयुक्त वर्ग ५ प्रतिशत तथा सामान्य जनसंख्यामा एचआईभी संक्रमणको दर ० दशमलव १३ प्रतिशत रहेको छ ।

सीमा जोडिएका तराईका जिल्ला र सुदूरपश्चिम प्रदेशमा एचआईभी संक्रमितको संख्या धेरै रहेको केन्द्रले जनाएको छ ।

सन् २०३० सम्ममा नेपालबाट एड्सको महामारी अन्त्य गर्ने सरकारको रणनीति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार