काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि आईतवार २५ संक्रमितको मृत्यु भएको थियो । त्यस्तै १४७४ संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । जसमा १७ हजार ४२३ सक्रिय संक्रमित रहेका छन् ।
Discussion about this post