देशभर २४ घण्टामा थपिए यति संक्रमित, कतिले जिते कोरोना ?

53
SHARES
293
VIEWS

काठमाडौं । नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ३३ हजार चार सय ५२ पुगेकाे छ ।

साेमबार थप एक हजार चार सय ७४ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

नौ हजार ६ सय ११ जनाकाे नमुना परीक्षण गर्दा एक हजार चार सय ७४ जनामा सङ्क्रमण देखिएकाे हाे ।

त्यस्तै गएकाे २४ घण्टामा एक हजार नाै सय ३१ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख १४ हजार पाँच सय २१ पुगेको छ ।

अब नेपालमा १७ हजार चार सय २३ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच सय ३५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप २९ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार पाँच सय आठ पुगेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार