नेपालमा पछिल्लो २४ घण्टामा थप २५ कोरोना संक्रमितको मृत्यु

25
SHARES
140
VIEWS

काठमाडौं । नेपालमा कोरोनाका कारण थप २५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १४७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १२५५ जनामा कोरोना पुष्टी भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा काठमाडौं उपत्यकामा ५४८ सहित १२५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । त्यस्तै थप १४०४ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख १३ हजार ५९० जना निको भएका छन् ।

नेपालमा कोरोना निको हुने दर ९० दशमलव ६ रहेको मन्त्रालले जनाएको छ । नेपालमा हाल १७ हजार ९०९ जना आइशोलेशनमा छन् भने ६३२ जना क्वारेन्टाइनमा छन् ।

नेपालमा हालसम्म १७ लाख २७ हजार ८३६ वटा पिसिआर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार