शंकर थापा, अछाम । सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएको बताउनुभएको छ ।
मन्त्री वोहराले गुणस्तरीय शिक्षा बिना समुन्नत समाजको परिकल्पना गर्न नसकिने बताउनु भयो ।
अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुष्कोटको कुयडा स्थित आदर्श आधारभूत बिद्यालय को नवनिर्मित २ कोठे भवनको उद्घघाटन गर्दै मन्त्री बोहराले हरेक बिध्यार्थीहरु लाई गुणस्तरीय शिक्षा प्रदान गराउनको लागि शिक्षक र अबिभाबकको महत्त्वपूर्ण भुमिका रहने कुरा उल्लेख गर्नुभयो ।
अछाम जिल्लाको समग्र शिक्षाको बिकासका लागि आफुले निरन्तर रुपमा पहल गर्दै आईरहेको उल्लेख गर्दै गुणस्तरीय र प्राबिधिक शिक्षा प्रदान गराउनको लागि पहल गरिने बताउनुभयो ।
मेल्लेखका हरेक वडाका बिध्यालयहरुमा नया भवनहरु प्रदेश सरकारको पहलमा बनिरहेका भन्दै आगामी दिनमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
साथै हरेक बिकास निर्माणका कार्यहरुमा पनि शुदुपश्चिम प्रदेश अगाडि रहेको मन्त्री बोहराको भनाई छ ।
अछाममा प्रदेश सरकारको लगानीमा निर्माण भैइरहेका योजनाहरु पनि दिगो र पारदर्शी रुपाम गर्न समेत उहाले आग्रह गर्नुभयो ।
यसैबिच उद्घाटन कार्यक्रममा बाेल्दै मेल्लेख गाउँपालिकाका अध्यक्ष लाेक बहादुर बाेहराले आफ्नाे कार्यकालमा चार काेठे पक्की भवन बनाउने बताउनुभयो ।
बिध्यालयको समग्र शिक्षाको बिकासका लागि सबैले साथ दिनुपर्ने कुरामा जोड दिनुभयो ।
सडक, राष्ट्रिय बिधुत लाइन बिस्तार लगायत अन्य बिकाशकाे लागि युवा हुरु सक्रिय हनुपर्ने बताउनुभयो ।
Discussion about this post