यस्ता छन् कण्डमका फाइदा र प्रयोग गर्ने सहि तरीका

102
SHARES
569
VIEWS

काठमाडौं– कण्डम गर्भान्तरको लागि पुरुषले प्रयोग गर्ने परिवार नियोजनको एक मात्र अस्थायी साधन हो । यो प्रत्येक पटक प्रयोग गर्दा सहि तरीकाले प्रयोग गर्नुु पर्छ ।

यस्ता छन् कण्डमका फाइदा

कण्डमको उचित प्रयोगले क्यान्सरका साथै संक्रमणबाट पनि बचाउँछ
सुरक्षित यौन सम्पर्क

अनिच्छित गर्भधारण हुनबाट बचाउने
पाठेघरको कुनै पनि ईन्फेक्सनबाट जोगाउँछ

सजिलैसँग किन्न पाइने

एचआईभी–एड्स जास्ता यौन रोग लाग्नबाट बचाउने

कण्डम प्रयोग गर्न नजान्दा लाजमर्दो स्थिति पनि सृजित हुन सक्छ। राम्रो संग लगाउन नजान्दा यसको प्रभाव पनि भनेको जस्तो नहुन सक्छ, जसको कारण यसले गर्ने फाइदामा पनि कमी आउन सक्छ।

कण्डमको सही प्रयोग गर्ने तरीका

कण्डमलाई उत्तेजित लिङ्गमा ध्यान पु¥याएर लगाउनु पर्छ, कण्डम लगाउने क्रममा उक्त कण्डमभित्र हावा पस्नुहुदैँन र वीर्य रहने ठाउँ पनि रहनु आवश्यक हुन्छ ।

कण्डमको भित्र हावा छ कि छैन भनि जाँच गर्नुपर्छ । हावा लिकेज भएको कण्डमले मिति नसकिएको भए पनि राम्रो काम नगर्न सक्छ ।

कण्डम झिकिसकेपछि उक्त कण्डममा चिल्लोपदार्थ छ वा छैन जाँच गर्नुपर्छ ।

कण्डम पनि सुल्टो र उल्टो हुन्छ । कण्डमको टुप्पोलाई भित्रबाट निकालेर तीन औँलाले लिङ्गको टुप्पोमा टपक्क समाउनु पर्छ । किनभने वीर्य स्खलन भईसकेपछि वीर्य रहने ठाउँ होस् र कण्डममा हावा नरहोस् भनी । ख्याल गर्नुहोस् सो समयमा नङले कण्डमलाई छुनु हुदैँन ।

मिति सकिएको हो वा नसकिएको कण्डम हो भनी जाँच गर्नुहोस् ।

वीर्यस्खलनपछि कण्डमलाई लिङ्गबाट बाहिर निकाली, गाँठो पारेर जलाईदिनु पर्छ वा खाल्टो खनेर पुरिदिनु पर्छ । यसलाई ट्वाईलेटमा नहाल्नु, किनकी यसमा १० लिटरसम्म पानी अट्न सक्छ जसको कारण ट्वाईलेट जाम पनि हुनसक्छ ।

यसरी कण्डमको सहि प्रयोग गर्न सकिन्छ । कण्डमको प्रयोग गरिसकेपछि यसको व्यवस्थापनमा भने ध्यान पु¥याउनु जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार