२०७७ मंसिर १४ गते, आइतवार, २९ नाेभेम्बर २०२०। कार्तिक शुक्लपक्ष, चतुर्दशी तिथि (१२:३९ बजेदेखि पूर्णिमा)
आज चन्द्रमा मेष राशिमा छन् त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला ।
यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।
यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।
आजको शुभ लाभादि बेला
बिहान ६:३५ बजेदेखि ७:५४ बजेसम्म उद्धेग बेला
बिहान ७:५४ बजेदेखि ९:१३ बजेसम्म चर बेला
बिहान ९:१३ बजेदेखि १०:३२ बजेसम्म लाभ बेला
बिहान १०:३२ बजेदेखि ११:५१ बजेसम्म अमृत बेला
बिहान ११:५१ बजेदेखि १:११ बजेसम्म काल बेला
दिनमा १:११ बजेदेखि २:२९ बजेसम्म शुाभ बेला
दिउँसो २:२९ बजेदेखि ३:४९ बजेसम्म रोग बेला
दिउँसो ३:४९ बजेदेखि ५:०८ बजेसम्म उद्धेग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : दिनमा ४:३० देखि ६:०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
Discussion about this post