काठमाडौं । कोरोना संक्रमणबाट आज थप १९ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १४५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित १३ सय ८० थपिएका छन् ।
आज ५ सय १५ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।
हालसम्म २ लाख ३० हजार ७ सय २३ संक्रमित भएपनि २ लाख ११ हजार १ सय ८६ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् ।
Discussion about this post