स्तनलाई टाइट र आकर्षक बनाउने यस्ता छन् रोचक तरिका

36
SHARES
201
VIEWS

काठमाडौं । पुष्ट अधर, कोमल छाला, स्वस्थ आँखा, चमक भएको केश अनि कसिलो मांसपेसी भएकी महिलालाई आकर्षक मानिन्छ। त्यस्तै विकसित स्तन पनि महिलाको शारीरिक आकर्षणको मापदण्डमा पर्छ। विकसित स्तनले भावी सन्तानको पोषणको सुनिश्चिततालाई संकेत गर्छ।

त्यसैले जैविक रूपमा पुरुषहरू थाहा पाएर वा नपाई विकसित अर्थात् ठूला स्तनप्रति र त्यस्तो स्तन भएकी महिलाप्रति आकषिर्त हुन्छन् जसले गर्दा उक्त महिलाबाट जन्मने आफ्ना सन्तान बाँच्ने सम्भावना बढी होस्।

अचेल शरीरचाहिँ अति पातलो तर स्तनचाहिँ ठूलो हुनुपर्ने अपेक्षा गरिन्छ। छापा, चलचित्र वा टेलिभिजनमा देखिएका कतिपय कुराको सत्यता विचार नगरी त्यसकै पछाडि लाग्नु हुँदैन। भाग्यवश स्तन खुला राख्नु नपर्ने अङ्ग भएकाले यसको उभारलाई शल्यक्रिया नै नगरी बढी भएजस्तो देखाउन सकिन्छ।

आफ्नो थुनचोली (ब्रा) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नु नै सबैभन्दा सजिलो तथा सस्तो उपाय हो। त्यसबाहेक अलिक बढी खर्च गरेर यस्तै वस्तुहरू प्रयोग गर्न सकिन्छ। स्तनलाई माथितिर उचाल्न प्रयोग गरिने साधनले स्तनको वास्तविक साइजमा परिवर्तन नगरे पनि देख्दा स्तन ठूलो भएको भान पर्छ र सुन्दरतामा वृद्धि हुन्छ।

स्तनमा लगाउने क्रिम अनि पम्पले स्तनको आकार बढाउने दाबी गरिएको छ, तर यसले स्तनको आकार तथा नापमा पार्ने स्थायी प्रभावका सम्बन्धमा अझै केही विवाद छ। शल्यक्रिया गरेर स्तनको आकार बढाउनु एउटा अर्को उपाय हो, तर शल्यक्रिया गर्नुभन्दा पहिले धेरै कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ, किनभने यो विधि खर्चिलो मात्र होइन, यसका नकारात्मक प्रभाव पनि हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार