कोभिड अस्पतालमा आगलागी, ६ संक्रमितको जलेर मृत्यु

26
SHARES
143
VIEWS

एजेन्सी । भारतको गुजरातस्थित राजकोट जिल्लाको एक कोभिड अस्पतालमा गएराति आगलागी भएको छ ।

बंगला चौराह नजिक रहेको उदय शिवानन्द कोभिड अस्पतालमा भएको आगलागीमा ६ जनाको जलेर मृत्यु भएको छ ।

मृत्यु हुने सबै आईसियूमा उपचाररत कोरोना संक्रमित थिए ।

आइसियूमा कुल ११ जना कोरोना संक्रमित विरामीको उपचार चलिरहेको थियो ।

कोभिड अस्पतालमा आगलागी, ६ संक्रमितको जलेर मृत्युले जनाए अनुसार अस्पतालमा कुल ३३ जना विरामीहरु भर्ना भएका थिए ।

सबै विरामीहरुलाई अर्को अस्पतालमा सारिएको छ ।

अस्पतालको आइ्सियू कक्षबाट आगो शुरु भएको थियो ।

विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको भारतीय प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार