आजको पञ्चांग
२०७७ मंसिर १२ गते, शुक्रवार, २७ नाेभेम्बर २०२०। कार्तिक शुक्लपक्ष, द्वादशी तिथि (८ः२२ बजेदेखि त्रयाेदशी), अश्विनी नक्षत्र (२५:३४ बजेउप्रान्त भरणी), चन्द्रराशि– मेष।
आज चन्द्रमा मेष राशिमा छन् त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन ।
आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला ।
साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।
आजको शुभ लाभादि बेला
बिहान ६:३३ बजेदेखि ७:५२ बजेसम्म चर बेला
बिहान ७:५२ बजेदेखि ९:१२ बजेसम्म लाभ बेला
बिहान ९:१२ बजेदेखि १०:३१ बजेसम्म अमृत बेला
बिहान १०:३१ बजेदेखि ११:५० बजेसम्म काल बेला
बिहान ११:५० बजेदेखि १:१० बजेसम्म शुभ बेला
दिनमा १:१० बजेदेखि २:२९ बजेसम्म रोग बेला
दिउँसो २:२९ बजेदेखि ३:४९ बजेसम्म उद्धेग बेला
दिउँसो ३:४९ बजेदेखि ५:०८ बजेसम्म चर बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : बिहानमा १०:३० देखि १२:०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
Discussion about this post