अछाम । प्रतिनिधि सभा सदस्य यज्ञ बहादुर बोगटीले क्षेत्र न २ ले अब विकासमा फट्को मार्ने बताउनुभएको छ । पछिल्लो समयमा विकासका गतिविधिले तिब्रता पाउन थालेकाले यश क्षेत्रले विकासमा गुणात्मक रूपमा फट्को मार्ने बताउनुभएको हो ।
आफुलेपनि यश क्षेत्रका महत्त्वपूर्ण योजनाको कमलाई तिब्रता दिएको र स्थानीय सरकारले पनि प्रभावकारी समन्वय गरिरहेकाले अब सुख्खका दिनहरू धेरै टाढा नरहेको बताउनुभयो । सांसद बोगटीले आफुले चुनावको समयमा जनाएको प्रतिबद्धता अनुसार आफुले निरन्तर काम गरिरहेका बताउनुभएको छ ।
आफुले निर्वाचनको समयमा जनता माझ गरेका प्रतिबद्धता अनुसार शिक्षा,स्वास्थ्य ,सडक र अन्य क्षेत्रमा काम गरिरहेको बताउनुभयो । गरेका बाचाहरू पुरागरेरै छोड्ने अठोटका साथ आफु रातदिन लागि परेकाले आफुले गरेका काममा स्थानीयकोपनि राम्रो साथ र सहयोग रहेकोले आफुलाई थप काम गर्ने हौसला मिलेको सांसद बोगटीको भनाइ छ ।
क्षेत्र न २ का महत्त्वपूर्ण योजनाहरूको निर्माण कार्य अगाडि बढाईसकेकाले विकासका काममा सबैले हातेमालो गरेर अघिबढ्न स्थानीय सरकार तथा सरोकारवालालाई अनुरोध गर्नुभएको छ ।
कमलबजार नगरपालिका वडा न ८ ढाकुमा निर्माण गरिएको स्वास्थ्य चौकीको भवनको उदघाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सांसद बोगटीले क्षेत्र न २ को स्वास्थ्य क्षेत्रमा आफुले प्राथमिकता दिएर बजेट बिनियोजन गरेकाले यश क्षेत्रको स्वास्थ्य क्षेत्रले विकासमा अब फट्को मार्ने उहाँको विश्वास छ ।
क्षेत्र न २ को सबै क्षेत्रको विकासका लागि आफु लागिपरेकाले आफ्नो कार्यकालमा जनता माझ गरेका प्रतिबद्धता हरू पूरा हुने बताउनुभयो । चिसापानी जंगलघाट,गैटाड सडकको सुरूवात भईसकेकाले अब यस क्षेत्रको विकासमा थप कोशेढुंगा साबित हुने उहाँको भनाइ छ ।
जिल्लामा अहिले पनि थुप्रै समस्या रहेकाले आफुले यश क्षेत्रका समस्याका बारेमा संसदमा बुलन्द आवाज उठाईरहेकाले समस्या समाधान नहुन्जेलसम्म आफु सम्बन्धित निकायलाई खबरदारी गरिरहने प्रतिबद्धता जनाउनु भएको छ ।
स्थानीय स्तरमा विकास निर्माणका काममा अनावश्यक राजनीति गर्ने परिपाटीको विकास भएकोमा चिन्ता ब्यक्त गर्दै विकास सबैका लागि भएकाले राम्रा काममा सहकार्य गरेर अघिबढ्न सुझाव दिदै राम्रा सवालमा आफुलाई झकझक्याई रहन अनुरोध गर्नुभएको छ ।
स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष एवं वडा न ८ का अध्यक्ष नयन बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका जिल्ला कमिटी सचिवालय सदस्य बल बहादुर कुवर, खडक राज भण्डारी , नेपाली काग्रेसका मीन बहादुर बिष्ट, कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडक बहादुर बिष्ट , स्वास्थ्य शाखा प्रमुख चक्र बहादुर बिष्ट, शिक्षा शाखा प्रमुख , नेकपाका जिल्ला सदस्य तथा अनेरास्ववियुका केन्द्रीय सदस्य डम्बर बिसी, राष्ट्रिय स्वास्थ्य कर्मि संघ नेपालका केन्द्रीय सदस्य सिद्ध राज ढुंगाना , रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा लगायतको सहभागीता रहेको थियोे ।
कार्यक्रमको संञ्चालन वडा सचिव सुनिल कुवरले गर्नुभएको थियोे । यस्तै सोही वडामा रहेको बण्डालि आधारभुत बिद्यालय पास्तोलीको नवनिर्मित भवनको उदघाटन गरिएको छ भने कालिका आधारभुत बिद्यालय डुंगालाको भवनको उदघाटन संगै पुस्तकालयको समेत सांसद बोगटीले उदघाटन गर्नुभएको छ ।
सांसद बोगटीले दशै तिहारको समयमा क्षेत्र न २ का सबै पालिकाहरूमा भेटघाट कार्यक्रम सम्मन्न गरिसक्नु भएको छ ।
Discussion about this post