सेती लोकमार्गको काम सुचारू हुने, रुख काट्नका लागि सरकारले दियो अनुमति

58
SHARES
322
VIEWS

सेती लोकमार्ग अन्तरगत दक्षिणी खण्डमा निर्माण हुने सडक क्षेत्रमा पर्ने रुख काट्नका लागि सरकारले अनुमति दिएको छ । कैलालीको बर्दगोरिया र मोहन्याल गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्र सेती लोकमार्गको सडक संरचना निर्माणका लागि प्रयोग गर्न दिने निर्णय गर्दै संघीय मन्त्री परिषद्को बैठकले रुख कटानका लागि समेत अनुमति दिएको हो ।

गत कार्तिक २० गते बसेको मन्त्रीपरिषद्को बैठकले सडक निर्माण गर्न वन क्षेत्र प्रयोग गर्न दिने र त्यहाँ रहेका रुख हटाउन अनुमतिका लागि स्वीकृति प्रदान गरेको थियो ।

सोही बमोजिम वन तथा वातावरण मन्त्रालयले सडक क्षेत्रमा पर्ने ९ हजार ६ सय ८६ रुख कटानका लागि आदेश दिएको छ । मन्त्रालयले बुधबार डिभिजन वन कार्यालय कैलालीलाई परिपत्र गर्दै वन विभाग र सडक विभागबीच सो विषयमा भएको सम्झौता पत्र समेत डिभिजन वन कार्यालयलाई पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार