आजको पञ्चांग
आज मिति २०७७ मंसिर १० गते बुधबार, इस्वीसंवत नभेम्वर २५ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सर:, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिक शुक्लपक्ष चलिरहेको छ ।
सौरमान अनुसार आज कात्तिक शुक्लपक्षको एकादशी तिथि रहनेछ । आज उत्तरभाद्रपदा नक्षत्र, विष्कुम्भादि योगमा वरियान, करणमा वणिज, आनन्दादि योगमा लुम्व रहनेछ ।
सूर्य वृश्चिक राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान २६ घटि २३ पला अर्थात १० घण्टा ३६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ३४ मिनेटमा तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ७ मिनेटमा हुनेछ । अन्तर्राष्टिय महिला हिंसा अन्त्य दिवस रहेको छ ।
आजको शुभ लाभादि बेला
बिहान ६:३२ बजेदेखि ७:५१ बजेसम्म लाभ बेला
बिहान ७:५१ बजेदेखि ९:११ बजेसम्म अमृत बेला
बिहान ९:११ बजेदेखि १०:३१ बजेसम्म काल बेला
बिहान १०:३१ बजेदेखि ११:५० बजेसम्म शुभ बेला
बिहान ११:५० बजेदेखि १:१० बजेसम्म रोग बेला
दिनमा १:१० बजेदेखि २:२९ बजेसम्म उद्धेग बेला
दिउँसो २:२९ बजेदेखि ३:४९ बजेसम्म चर बेला
दिउँसो ३:४९ बजेदेखि ५:०८ बजेसम्म लाभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : दिनमा १२:०० देखि १:३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
Discussion about this post