सत्तारुढ नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो सचिवालय बैठक अघि पार्टीभित्र विद्यमान विवादका बिषयमा कसैसँग भेटवार्ता नगर्ने अडान लिएको बुझिएको छ । ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि लगाएको लिखित औपचारिक आरोपको लिखितै जवाफ दिएपछि मात्र भेटवार्ता गर्ने आफ्ना सहयोगीहरुलाई बताएको बालुवाटार निकट समाचार सूत्रले जनाएको छ ।
नेकपाको सचिवालय वैठक अाउँदो १३ गते बस्दैछ । यो बैठकमा ओलीले लिखित जवाफ दिने तयारी गरिरहेको बुझिएको छ । यसका लागि उनले भाषामा दख्खल भएका केही सहयोगीलाई बुँदागत जवाफ टिपाउँदै त्यसको सिलसिलावध्द विवरण लेखाईरहेका छन् ।
प्रचण्डको आरोपको जवाफ नदिन र मेलमिलामा जान सुझाव दिईरहेका नेता र सहयोगीहरुसँग ओलीले आउँदो सचिवालय बैठकमा लिखित जवाफ नदिई नछाड्ने अडान सुनाएको थाहा भएको छ । म १३ गते अघि कसैसँग वार्ता गर्दिन, जवाफ दिन्छु अनि आवश्यक परे भेटघाट गरौंला भनेर उनले सहयोगीहरुसँग भनेका सूत्रले बताएको छ ।
Discussion about this post